०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सशस्त्र बियोपी जमुनाले दिनरात नभनेर सीमाबाट अवैध सामानहरु पक्राउ गर्दै

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

महेन्द्र सिंह
बाँके तिहार नजिकिँदै गर्दा सशस्त्र प्रहरीले बियोपी जमुना सीमा नाकामा अझ थप कडाई गरेको छ बिहीबार भन्सार छली गरेर ल्याइरहेको अवैध सामग्रीहरु दिनहुँजसो बरामद गरिरहेको सशस्त्र प्रहरी बाँकेले तिहार नजिकिएसंगै नाकामा हुने चोरी पैठारी, लागूऔषध ओसारपसार, मानव वेचबिखन जस्ता सबैखाले आपराधिक घटना रोक्न बाँके सशस्त्र प्रहरी बियोपी जमुना दिनरात लागिपरेको छ ।
यसै क्रममा बिहीबार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसेरीस्थित दशगजा नजिक भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याइँदै गरेको सामग्रीहरु बरामद गरेको छ । सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढोका कमाण्डामा खटिएको ७ जनाको गस्ती टोलीले लत्ताकपडा, मोटरसाइकलको रिंग केराउ र जुत्ता बरामद गरेको र युपी ३२ ईई ४२५५ नम्बरको मोटरसाइकलमा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेर सामान र मोटरसाइकल छाडेर तस्कर भागेको सशस्त्र प्रहरीले जनाएको छ । १ लाख २२ हजार ३ सय ५० मूल्य बराबरका ती सामग्री आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बियोपी जमुना भन्सार प्रहरी साहेक निरीक्षक सन्तोष शर्माले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!