२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पोखरामा नेगेटिभ रिपोर्ट कुर्दाकुर्दै महिना दिन आइसोलेसनमा भर्ना

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

(ABC Sanchar)
काठमाडौं कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका-५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्यो।
सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन्। ‘म निको भइसकेको थिएँ। स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुपर्यो।’
स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनुपर्दैन। संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ। तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी समय घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यता छ। नेगेटिभ रिपोर्ट नआएसम्म समाजले सहज रुपमा हेर्दैन।
‘समाजले कोरोना संक्रमितलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेगेटिभ रिपोर्ट नआएसम्म म अझै संक्रमित नै हुँ भन्ने मानसिकता हाबी हुने रहेछ। संक्रमण भएको समाजले थाहा नपाए त केही समस्या भएन तर थाहा पाइसकेको अवस्थामा नेगेटिभ रिपोर्टबारे चासो हुने रहेछ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आयो कि आएन भनेर छिमेकीहरू बारम्बार एकअर्कासँग कानेखुसी गर्छन्। समाजकै त्रासका कारण पनि नेगेटिभ रिपोर्ट कुर्नुको विकल्प छैन।’ उनका अनुसार संक्रमण सार्वजनिक नगरी गुपचुप बस्दा पनि खोजी हुने रहेछ।नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।