२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

जमुनाहा नाका हुदै दैनिक नेपाल बाहिरिने र भित्रिने क्रम बढेयो

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

(महेन्द्र सिंह)
बाँके लकडाउन लागेको ७ महिना बढि हुदा पनि संचालनमा आउन नसकेको नेपालगन्ज रुपैडिहा भन्सार नाका हुदै दैनिक १ हजारको हाराहारीमा नेपाल वाहिर नेपालीहरु कामको सिलसिलामा जाने गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।
नेपाल वाहिर जाने र आउने पनि उत्तिकै संख्यामा रहेको जमुनाहा प्रहरीले जनाएको छ ।
चैत्र ११ गते लकडाउन भएयता नेपालगन्जको जमुनाहा नाकाबाट हालसम्म करिव एक लाख नेपालीहरु नेपाल भित्रिएका छन । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार हालसम्म एकलाख बढि नेपाली भित्रिएका छन भने करिव ४९ हजार भारतीय नागरिकहरु भारत फर्केका छन ।
कोरोना महामारीकै बिच १३ हजार नेपालीहरु रोजगारीका लागि भारत गएको प्रहरीको तथ्याँकमा छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीका अनुसार तिहार नजिकिदै गरेको अवस्थामा समेत दैनिक करिव एक हजार जना नेपालीहरु भारत जाने गरेका छन ।
नेपालगन्जको जमुनाहा नाकाबाट साविकको मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरु जाने आउने गरेका छन ।
पछिल्लो समय भारतले निर्वाध रुपमा आउन जान दिएपछि नेपालीहरु घर फर्किने र कामका लागि भारत जानेक्रम बढेको हो जमुना प्रहरी प्रमुख गिरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!