२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गृह मन्त्रालयले देशभरका क्रसर उद्योगको अनुगमन गर्न निर्देशन

Logo
प्रकाशित शनिबार, कार्तिक २९, २०७७

ABC (क्राईमबिट)
काठमाडौं गृह मन्त्रालयले देशभरका अवैध रुपमा संचालित क्रसर उद्योगहरुको अनुगमन गर्न निर्देशन गरेको छ । जिल्लाका सरोकारवालाहरुको घोराहीमा बसेको बैठकले निर्णय गर्दै जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्यागको विवरण र मापदण्ड बारे अनुगमन गरिने जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपालीले बताए ।
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सन्चालन भए/नभएको बारेमा अनुगमन गरी एक हप्ता भित्र पेश गर्न निर्देशन दिएको छ । शनिवार राप्ती र गढवामा अनुगमन हुने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभएको छ । वन नापी र प्रहरीसहितको स्थलगत टाेलिले अनुगमनका क्रममा अबैध देखिए क्रसर र बालुवा प्रसोधन बन्द हुने प्रजिअ आचार्यले बताए ।
जिल्लाको तथ्याङक अनुसार हाल १२ वटा क्रसर उद्योग दर्ता भएकोमा २ वटा निष्क्रिय रहेका छन् भने १० वटा सन्चालन रहेको पाईएको छ । यस्तैगरी २४ वटा बालुवा प्रशोधन उद्योग रहेको बताईएको छ । दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै गएको साउनमा ८६ वटा क्रसर उद्योगका विरुद्ध उच्च अदालत तुलसीपुरमा घोराही १३ निबासी प्रेम बुढाको रिट निवेदन समेत परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]