प्रकशित मिति : २९ कार्तिक २०७७, शनिबार ०८:५४

(ABC Sanchar)
काठमाडौं नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १५ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार १ सय ११ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन्।
नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ९३ हजार ८ सय ५० पुगेको छ। हाल ९ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com