३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

तुलसीपुर प्रहरीले बीच सडकमा व्यापार गर्ने ठेलाहरु कारबाहीमा

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(तेज वली)
तुलसीपुरको बिचबाटोमा ठेला तेस्राएर व्यापार गर्ने ७ जना ठेला व्यवसायीलाई प्रहरीले कारबाही गरेको छ । तुलसीपुर बजारका विभिन्न व्यस्त सडकमा ठेला राखेर फलफुल, तरकारी, खेलौना बेच्ने ७ ठेला व्यवासायीलाई पक्राउ पश्चात आगामी दिनमा नगर्ने सर्तमा छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
ठेला व्यवसायी संघको रोहबरमा आगामी दिनदेखि व्यवस्थ तुलसीपुर बजारका सडकहरुमा ठेला राखेर व्यापार नगर्ने सर्तमा छाडेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
नागरिकको बढी भिड्भाड हुने तुलसीपुर बजारमा संभावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले सडकमा जथाभावी रुपमा गरिएका सवारी पार्कीङ र ठेला व्यवसायीलाई हटाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!