२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुलसीपुर प्रहरीले मोबाइल लुट्ने पाँच जनालाई पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(तेज वली)
दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोबाईल चोरी गरेको आरोपमा तुलसीपुरबाट ५ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला पुलबाट हिड्दा हिड्दै मोबाईल लुटेर भाग्ने तुलसीपुर–९ बेलुवा निबासी १९ बर्षका सन्तोष भुसाल र २० बर्षका कासीराम भुसालाई पक्राउ गरेको हो ।
मोटरसाईकलमा आएका आरोपीले तुलसीपुर उपमहानगरपालिका–४ निबासी १८ बर्षका भिमबहादुर पौडेलको मोबाईल बिहान ५ बजे लुटेर भागेका थिए । उनिहरुलाई हिजो तुलसीपुरको बसपार्कबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी कार्तिक १६ गते तुलसीपुर–८ कृष्णमदिर निबासी जितबहादुर रोकाको मोबाईल चोरी गरेको आरोपमा सोही ठाउँका तारा पुन, पोषण खड्का र सन्दिप नेपाली पक्राउ परेका छन् । उनिहरुलाई कल डिटेलका आधारमा पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!