०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

तुलसीपुर प्रहरीले मोबाइल लुट्ने पाँच जनालाई पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(तेज वली)
दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोबाईल चोरी गरेको आरोपमा तुलसीपुरबाट ५ जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला पुलबाट हिड्दा हिड्दै मोबाईल लुटेर भाग्ने तुलसीपुर–९ बेलुवा निबासी १९ बर्षका सन्तोष भुसाल र २० बर्षका कासीराम भुसालाई पक्राउ गरेको हो ।
मोटरसाईकलमा आएका आरोपीले तुलसीपुर उपमहानगरपालिका–४ निबासी १८ बर्षका भिमबहादुर पौडेलको मोबाईल बिहान ५ बजे लुटेर भागेका थिए । उनिहरुलाई हिजो तुलसीपुरको बसपार्कबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी कार्तिक १६ गते तुलसीपुर–८ कृष्णमदिर निबासी जितबहादुर रोकाको मोबाईल चोरी गरेको आरोपमा सोही ठाउँका तारा पुन, पोषण खड्का र सन्दिप नेपाली पक्राउ परेका छन् । उनिहरुलाई कल डिटेलका आधारमा पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुन लागेको परिवर्तन उद्घोष सभामा सहभागी भएको भिड। सहभागीहरु अधिकांश युवा पुस्ताका हुन्। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह सहभागी हुँदैछन्।

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको […]

error: Content is protected !!