२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले १ लाख नगदसहित १२ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

ABC (क्राईमबिट)
बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं.१ जब्दी टोल मा रहेको एक कुखुरा पालन गर्ने खोर बाट १२ जना लाई पक्राउ गरिएको बारा का प्रहरी प्रबक्ता एवंम डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । करैयामाई गाउँपालिका वडा नं.१ मा राकेश प्रसाद साहको कुखुरा पालन गर्ने खोरमा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाट प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जना लाई जुवा खालबाट नगद एक लाख सत्र हजार र १६ थान कौडा सहित पक्राउ गरीएको प्रबक्ता डिएसपी गौतमले बताए ।उनिहरु लाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!