२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरीले १ लाख नगदसहित १२ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

ABC (क्राईमबिट)
बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं.१ जब्दी टोल मा रहेको एक कुखुरा पालन गर्ने खोर बाट १२ जना लाई पक्राउ गरिएको बारा का प्रहरी प्रबक्ता एवंम डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । करैयामाई गाउँपालिका वडा नं.१ मा राकेश प्रसाद साहको कुखुरा पालन गर्ने खोरमा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाट प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जना लाई जुवा खालबाट नगद एक लाख सत्र हजार र १६ थान कौडा सहित पक्राउ गरीएको प्रबक्ता डिएसपी गौतमले बताए ।उनिहरु लाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]