२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोरोना देख्यो सल्यान अस्पतालमा एक हप्ताको लागि (सिल)

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(ममता देवकोटा)
सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना सङ्कलन गर्नुपर्ने भएकाले आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । सल्यानमा हालसम्म एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि बजार पूर्णरुपमा बन्द गरिएको छ । तिहारसँगै कोरोना सङ्क्रमण फैलिने खतरा भएपछि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुयभो । श्रीनगर बजारमा व्यापारी, बैंकका कर्मचारी, शिक्षकलगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष बुढाथोेकीले जानकारी दिनुभयो ।
जिल्लाको वागचौर नगरपालिकाको थारमारे तथा वागचौर बजार क्षेत्र पनि शनिबारदेखि एक साताका लागि सिल गरिएको छ । स्थानीय व्यापारी तथा नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नगरपालिकका तीनवटा वडा सिल गरिएको वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्लामा केही समय कोरोना सङ्क्रमण एकदम न्यून भएकामा केही दिनअगाडि देखि भने तीव्ररुपमा देखा पर्न थालेको छ । जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा देखिन थालेको छ । यसभन्दा पहिले कोरोना समुदायस्तरमा भने देखिएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]