२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बाँकेमा युवकहरुको समुहले खुकुरी प्रहार गर्दा एक युवक घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

महेन्द्र सिंह
बाँके अपरिचित युवाहरुको समुहले खुकुरी प्रहार गर्दा बाँके राप्तीसोनारी गाँउपालिका ९ का तिलक जंग शाह घाईते भएका छन । शनिबार राती १०:३० बजे तिर युवाहरुको समुहले राप्तीसोनारी ९ ढकेरीमा शाहलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट शाहको दाहिने खुट्टा र हातमा काटिएको छ । उनको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । प्रहरीले घटनामा संलग्नको खोजी तिब्र रुपमा भईरहेको जनाएको छ । प्रहरीका अनुसार पुरानो रिसिवीका कारण घटना भएको हुनसक्ने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!