
महेन्द्र सिंह
बाँके अपरिचित युवाहरुको समुहले खुकुरी प्रहार गर्दा बाँके राप्तीसोनारी गाँउपालिका ९ का तिलक जंग शाह घाईते भएका छन । शनिबार राती १०:३० बजे तिर युवाहरुको समुहले राप्तीसोनारी ९ ढकेरीमा शाहलाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट शाहको दाहिने खुट्टा र हातमा काटिएको छ । उनको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । प्रहरीले घटनामा संलग्नको खोजी तिब्र रुपमा भईरहेको जनाएको छ । प्रहरीका अनुसार पुरानो रिसिवीका कारण घटना भएको हुनसक्ने बताईएको छ ।