१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

तुलसीपुर राप्ती शान्ति उद्यानमा निर्मित बुद्धको मूर्ति मुख्यमन्त्रीद्धारा अनावरण

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(तेज वली)
दाङ तुलसीपुर स्थित राप्ती शान्ति उद्यानमा निर्मित बुद्धको मुर्तिको आज अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको उक्त मूर्तीको आज लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्नुभएको हो ।
फाइबरबाट निर्मित वुद्धको मूर्ति बनाउन २४ लाख १६ हजार रुपैयाँ लागेको राप्ती शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । मूर्ति निर्माणका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका थिए ।
शान्तिको सन्देश दिन स्थापना गरिएको राप्ती शान्ति उद्यानमा शान्तिका प्रतिक वुद्धको मूर्ति राखिएको हो । उक्त मूर्ति १७ फिट अग्लो रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]