२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने पक्राउ :

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

ABC (क्राईमबिट)
राती जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.९ काँडाघारी स्थितमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को कार्यालय भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई नगद चोरी भएको भन्ने सुचना मिति २०७७/०७/२८ गते १५:०० बजे प्राप्त हुना साथ तत्काल प्रहरी टोली खटी गई अनुसन्धान गर्दा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत जिल्ला चितवन कालिका नगरपालिका वडा नं.६ बस्ने बर्ष ४० को कबिराज थापालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले चोरी गरेको खुल्न आइ लुकाई छिपाई राखेको अवस्थामा रू १०००/- दरको नोट १ बण्डलमा १००/- थान रहेका ९७ बण्डल कुल जम्मा नगद रू ९७,००,०००/-(सन्तानब्बे लाख) र चोरी गर्न प्रयोग गरेको औजार समेत वरामद गरी निज कविराज थापालाई पक्राउ गरी चोरी कसुर अन्तरगत थप अनुसन्धान भइरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!