२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

कपिलवस्तुको सिमाक्षेत्रमा (खसी बोका) तस्करी बढ्याे

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(प्रिन्स मिश्रा)                                               कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l
लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएकाे छ। जिल्लाकाे कृष्णनगर , कुकुरभुक्वा, गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ र आज मिति २०७७।०७।२९ गते १५:५० बजे जिल्ला कपिलवस्तु बिजयनगर गा.पा.-१ तिनघरवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ९ जिउ खसी ईलाका प्रहरी कार्यालय गणेशपुर र बॉर्डर आउट पोस्ट डालपुरको सयुंक्त गस्ती टोलीले बिजयनगर गा.पा.-१ तिनघरवा बाट खसी बरामद गरेको छ र आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिस्टले जानकारी दिनुभएको छ l
काेराेना संक्रमणका कारण भारतसंगकाे सिमा लक भएकाले चाेरबाटाे हुँदै अवैध खसीकाे तस्करी माैलाएकाे स्थानियहरु बताउछन । तस्कारी गरेर ल्याईने खसीहरु महराजगंज, कृष्णनगर ,चन्द्राैटा, बुटवल,पाल्पा र ताैलिहवा सम्मा सप्लाई हुँदै आएको जानकारी प्राप्त भएको छ।
भारतसंगकाे सिमा (कृष्णनगर)मा लकडाउन अवधीदेखि सशस्त्रकाे नया चेकपाेष्ट बनाइएकाे छ तर रातिकाे समयमा तस्करहरु खेतकाे डिल तथा नदीकाे किनाराकाे छेउ समाउदै नेपालमा खसी लगायत अन्य समान ओसार पाेसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!