१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

ईप्रका हापुरेमा कार्यरत दाङका एक प्रहरी जवान खत्रीको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

ABC (क्राईमबिट)
दाङका एक प्रहरी जवानको कोहलपुरमा मृत्यु भएको छ । डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेर थचक्क भूँइमा बसेका ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।
कार्तिक २७ गते बिहान डिउटीमा रहेका बेला एक्कासी चक्कर लाग्यो भनेका प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो ।
प्रहरी जवान खत्रीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिए । विगत एक बर्षदेखि ईप्रका हापुरेमा कार्यरत प्रहरी जवान खत्रीले गाडी चलाउने काम गर्थे ।
‘डिउटीमा बसेका खत्री रेष्टरुममा जानेबेला चक्कर लाग्यो भनेर थचक्क बसेछन् । त्यसपछि उनलाई उपचारका लागि तुलसीपुर लगियो । अलि ठिक भएपछि हापुरेमा ल्याईयो –ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज मोहन विक्रम केसीले भने भोलीपल्ट फेरी त्यस्तै भएपछि उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]