०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

ईप्रका हापुरेमा कार्यरत दाङका एक प्रहरी जवान खत्रीको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

ABC (क्राईमबिट)
दाङका एक प्रहरी जवानको कोहलपुरमा मृत्यु भएको छ । डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेर थचक्क भूँइमा बसेका ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।
कार्तिक २७ गते बिहान डिउटीमा रहेका बेला एक्कासी चक्कर लाग्यो भनेका प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो ।
प्रहरी जवान खत्रीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिए । विगत एक बर्षदेखि ईप्रका हापुरेमा कार्यरत प्रहरी जवान खत्रीले गाडी चलाउने काम गर्थे ।
‘डिउटीमा बसेका खत्री रेष्टरुममा जानेबेला चक्कर लाग्यो भनेर थचक्क बसेछन् । त्यसपछि उनलाई उपचारका लागि तुलसीपुर लगियो । अलि ठिक भएपछि हापुरेमा ल्याईयो –ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज मोहन विक्रम केसीले भने भोलीपल्ट फेरी त्यस्तै भएपछि उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!