२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

प्रदेश नं १ मा २७० कोरोना सङ्क्रमितहरु थपिए

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(विवेक गाहा)
विराटनगर प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ५८८ जनाको पिसिआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज १९७ जना सङ्क्रमित निको भएका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १८ हजार १२८ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!