१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर ०२, २०७७

(महेन्द्र सिंह)
बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।
बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!