२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

दाङ प्रहरीले घोराहीबाट लाखौं नगदसहित ७ जुवाडे पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर ०३, २०७७

(सागर थापा)
दाङ प्रहरीले दाङको घोराहीबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी रकम समेत बरामद गरेको छ।पक्राउ पर्नेमा जुवाखालका मालिक घरधनी घोराही उपमहागनरपालिका वडा नं १६ मुनाटोलका ४४ वर्षीय गोपाल भनिने पूर्णराज भण्डारी, ४० वर्षीय शिवराज भनिने प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, ३६ वर्षीय तेजप्रसाद गिरी, ३८ वर्षीय डम्मर डिसी, घोराही १७ का ३४ वर्षीय किशोर बुढा मगर र २७ वर्षीय अजय भुसाल रहेका छन्।
दाङ प्रहरीका अनुसार उनीहरूको साथबाट दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ नगद, खोलिएको ६ गड्डी तास बरामद गरिएको छ।प्रहरीले बिशेष सूचनाका आधारमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका विरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!