३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बुटवल प्रहरीले ६ जना जुवाडे पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर ०३, २०७७

(सिमा गुरुङ)                                                     भैरहवा बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।
दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ लाख रुपैयाँ समेत बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!