२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने तिन ३ जना प्रकाउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए। उनको उमेर कम रहेका कारण प्रहरीले नाम खुलाएको छैन।
उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
हाल तीनै जनामाथि सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन।
निकिशा ‘एलजीबीटीआईक्वी’ समुदायकी हुन्। उनीमािथ सडकमै केही युवाहरुले दुर्व्यबहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए।
सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि प्रहरी हेडक्वार्टरले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो।
भिडियो ‘सफिल’ नामको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो।
ब्यापक विरोध भएपछि हाल उक्त एकाउन्ट प्रयोगकर्ताले भिडियो हटाएका छन्।
भिडियो अपलोड गर्ने र उक्त घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]