२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने तिन ३ जना प्रकाउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यहार गर्ने र भिडियो अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले भक्तपुर महानगरपालिका-५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो। अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए। उनको उमेर कम रहेका कारण प्रहरीले नाम खुलाएको छैन।
उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
हाल तीनै जनामाथि सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन।
निकिशा ‘एलजीबीटीआईक्वी’ समुदायकी हुन्। उनीमािथ सडकमै केही युवाहरुले दुर्व्यबहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए।
सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि प्रहरी हेडक्वार्टरले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो।
भिडियो ‘सफिल’ नामको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो।
ब्यापक विरोध भएपछि हाल उक्त एकाउन्ट प्रयोगकर्ताले भिडियो हटाएका छन्।
भिडियो अपलोड गर्ने र उक्त घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!