(सागर थापा) दाङका सबैजसो क्रसर तथा बालुवा प्रशोधन उद्याेेगको अनुगमन करिब सकिएको छ । दुइ दिन लगाएर छिटफुट बाहेक धेरैजसोको अनुगमन सकिएको र अब प्रतिबेदनको तयारी भइरहेको छ । जिल्ला समन्वय समिती अधिकारी साबीत्रा रानाले दुइ दिन लगाएर जिल्लाभरिका क्रसरहरुको अनुगमन भइ सकेको र अनुगमन गर्न बाकी रहेको भएको केहि छिटफुट हुन सक्ने बताइन । उनले गृहमन्त्रालयको निर्देशनमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा घरेलु, बन, नापी, प्रहरि लगाएत सम्बन्धित सबैले स्थलगत अनुगमन गरेर फर्किएको र सबैका कागजपत्र मागीएकाले बैध र अबैध छुट्याउने दायित्व अब प्रमुख जिल्ला अधिकारिबाट आउने प्रतिबेदनबाट थाहा हुने जानकारी दिइन । उनले सबैजसो क्रसरको अनुगमन सकिएकाले एक-दुइ दिनमा प्रतिबेदन आएपछि सबै कुरा थाहा हुने बताइन । दर्ता हुदा खेरिका कागजात मागीएको र स्थलगत निरीक्षण गरेर अहिले नापजोख गरेमा धेरैजसो मापदण्ड बाहिर रहेको पाइने पनि रानाको भनाइ छ। यसअघि पनि जिल्ला समन्वय समितिले पनि क्रसरको अनुगमन गरेर कानुन बिपरितका क्रसर बन्द गर्न निर्देशन दिइसकेको छ । त्यस्तै जिल्ला प्रहरि कार्यालय दाङले पनि डिआइजिकै निर्देशनमा क्रसरको अनुगमन गरेर प्रतिबेदन दिइसकेको छ । दर्ता गर्दाका कागज हेर्ने र सो अनुसारको खोला हेर्ने हो भने केहि बाहेक सबै बैध जस्ता देखिने र अहिले स्थलगत फित्ता लगेर नापेमा धेरैजसो मापदण्ड भन्दा बाहीर रहने जिल्ला समन्वय अधिकारी रानाले बताइन । दाङका प्रमुख जिल्ला अधिकारि जय नारायण आचार्यले केहि क्रसरको अनुगमन गर्न बाँकि रहेकाले केहि दिनमै अनुगमनको प्रतिबेदन सार्बजनिक हुने बताए । उनले रातीमा अनुगमन कतै नगरिएको भन्दै लुकाउनु पर्ने बिषय केहि पनि नरहेको जिकिर गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले अनुगमनको क्रममा गलत र कानुन बिपरित देखिने सबै कानुन बमोजिम अघि बढ्ने चेतावानी दिए ।