०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

सर्वसाधारणलाई (मास्क) अनिवार्य लगाउन अभियान लिएर CDO सडकमा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

(सागर थापा)         दाङ शुक्रबार सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी दाङ प्रहरि प्रमुख र कर्मचारि सहित बजारमा ! दाङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य आफै नै नेतृत्व गरेर दाङ घोराहीको विभिन्न ठाँउहरुमा मास्क वितरणबाट अभियान सुरुवात गर्नु भएको हो । घोराही बजारका सडकमा प्रमुख जिल्ला अधिकारी आचार्य नै निस्किएर अभियानमा प्रत्येक पसलमा र सर्बसाधारणलाई मास्क लगाउन आग्रह गर्दै लापरबाही नगर्न आग्रह गर्नु भयो। कोरोनाको महामारीमा तपाईको मास्क खोइ भन्दै घोराही बजारमा दाङका प्रमुख जिल्ला अधिकारि आचार्यको नेतृत्वमा जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, नेपाली सेनाका कर्णेल बिभिन्न सरकारि कार्यालयका कर्मचारी, बिभिन्न सामाजीक संघ सस्थाका प्रतिनिधिहरुले सार्बजनिक स्थान,पसल र यातायातका साधनहरुमा समेत मास्क बितरण गरेका छन । दिनहु कोरोनाको महामारी फैलिरहेको भन्दै जिल्लाका प्रमुख शहरहरुमा सर्बसाधारणहरुलाई अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य मापदण्ड पुरा गर्न सचेत गराएको यो अभियान हरेक हप्ता सन्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]