२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सर्वसाधारणलाई (मास्क) अनिवार्य लगाउन अभियान लिएर CDO सडकमा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

(सागर थापा)         दाङ शुक्रबार सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै दाङका प्रमुख जिल्ला अधिकारी दाङ प्रहरि प्रमुख र कर्मचारि सहित बजारमा ! दाङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क लगाउन अनुरोध गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य आफै नै नेतृत्व गरेर दाङ घोराहीको विभिन्न ठाँउहरुमा मास्क वितरणबाट अभियान सुरुवात गर्नु भएको हो । घोराही बजारका सडकमा प्रमुख जिल्ला अधिकारी आचार्य नै निस्किएर अभियानमा प्रत्येक पसलमा र सर्बसाधारणलाई मास्क लगाउन आग्रह गर्दै लापरबाही नगर्न आग्रह गर्नु भयो। कोरोनाको महामारीमा तपाईको मास्क खोइ भन्दै घोराही बजारमा दाङका प्रमुख जिल्ला अधिकारि आचार्यको नेतृत्वमा जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, नेपाली सेनाका कर्णेल बिभिन्न सरकारि कार्यालयका कर्मचारी, बिभिन्न सामाजीक संघ सस्थाका प्रतिनिधिहरुले सार्बजनिक स्थान,पसल र यातायातका साधनहरुमा समेत मास्क बितरण गरेका छन । दिनहु कोरोनाको महामारी फैलिरहेको भन्दै जिल्लाका प्रमुख शहरहरुमा सर्बसाधारणहरुलाई अनिवार्य रुपमा मास्क लगाउन र स्वास्थ्य मापदण्ड पुरा गर्न सचेत गराएको यो अभियान हरेक हप्ता सन्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]