२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीमा DIG दरबन्दी माग्दा AIG समेत थपियो : कोको छन् प्रतिस्पर्धामा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

(ABC क्राईमबिट)                                        काठमाडौं नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक अतिरिक्त महानिरीक्षक (एआईजी) सहित पाँचै जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको दरबन्दी स्वीकृतिको फाइल बुधबार मात्रै स्वीकृत भएको हो। एआईजीको दरबन्दी थप्ने प्रयासकै कारण लामो समयदेखि गृहको प्रस्ताव मन्त्रिपरिषद्मा अड्किएको थियो। दरबन्दी स्वकृति भएसँगै थप भएका पाँच डीआईजीका लागि बढुवाको बाटो खुलेको छ। राजमार्ग सुरक्षा निर्देशनालय, प्रदेश समन्वय निर्देशनालय, कार्य विभाग, योजना तथा अन्वेषण निर्देशनालय र प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजीको दरबन्दी थप भएको जानकारी गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले दिए। पाँच डीआईजी बढुवाका लागि एसएसपी पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, किशोर दाहाल, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला, दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, लगायतका प्रतिस्पर्धामा छन्। त्यस्तै एक एआइजीका लागि डीआईजी विश्वराज पोखरेल, धिरज प्रताप सिंह र शहकुल बहादुर थापा प्रतिस्पर्धी छन्। अब बढुवा हुने एआईजीबाटै भावी प्रहरी नेतृत्व चयन हुनेछ । प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला सरकारले १४ वटा दरबन्दी कटौती गरेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बढुवा आकांक्षी धेरै भएकाले वरिष्ठतालाई आधार बनाउँदै बढुवा सिफारिस गर्नुपर्ने राय गृह सचिव महेश्वर न्यौपाने समक्ष राखिसकेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!