२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रहरीमा DIG दरबन्दी माग्दा AIG समेत थपियो : कोको छन् प्रतिस्पर्धामा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

(ABC क्राईमबिट)                                        काठमाडौं नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक अतिरिक्त महानिरीक्षक (एआईजी) सहित पाँचै जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको दरबन्दी स्वीकृतिको फाइल बुधबार मात्रै स्वीकृत भएको हो। एआईजीको दरबन्दी थप्ने प्रयासकै कारण लामो समयदेखि गृहको प्रस्ताव मन्त्रिपरिषद्मा अड्किएको थियो। दरबन्दी स्वकृति भएसँगै थप भएका पाँच डीआईजीका लागि बढुवाको बाटो खुलेको छ। राजमार्ग सुरक्षा निर्देशनालय, प्रदेश समन्वय निर्देशनालय, कार्य विभाग, योजना तथा अन्वेषण निर्देशनालय र प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजीको दरबन्दी थप भएको जानकारी गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले दिए। पाँच डीआईजी बढुवाका लागि एसएसपी पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, किशोर दाहाल, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला, दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, लगायतका प्रतिस्पर्धामा छन्। त्यस्तै एक एआइजीका लागि डीआईजी विश्वराज पोखरेल, धिरज प्रताप सिंह र शहकुल बहादुर थापा प्रतिस्पर्धी छन्। अब बढुवा हुने एआईजीबाटै भावी प्रहरी नेतृत्व चयन हुनेछ । प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला सरकारले १४ वटा दरबन्दी कटौती गरेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बढुवा आकांक्षी धेरै भएकाले वरिष्ठतालाई आधार बनाउँदै बढुवा सिफारिस गर्नुपर्ने राय गृह सचिव महेश्वर न्यौपाने समक्ष राखिसकेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]