०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

मालपोतका नायवसुब्बा र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(सागर थापा)  दाङ                                               अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बाँके नेपालगञ्जले मालपोत कार्यालय दाङका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस सहित पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मालपोत कार्यालयबाट उनीहरुलाई अख्तियारको टोलीले शुक्रबार ३ लाख २० हजार रुपैयाँ घुस रकम सहित रंगे हात पक्राउ गरेको हो ।
उनीहरुले सुकुम्बासी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए । उनीहरुलाई अहिले नियन्त्रणमा लिएर नेपालगञ्ज लगिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!