२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

ABC (क्राईमबिट)
काठमाडौं सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् ।
सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि) का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।
नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनामा कार्यरत अधिकृत र तल्लो तहका सुरक्षाकर्मीलाई स्थानान्तरण गरी २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन गरिएकामा माथिल्लो तहमा यही मंसिर अन्तिम सातादेखि नेपाली सेनाबाट आएकाको संख्या एक मात्र हुनेछ ।
नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो । नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् । बस्नेत र श्रेष्ठले आईजीपी बनेर हाँकेको सशस्त्रको माथिल्लो निकायमा अब नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम मात्रै हुनेछन् । नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत गौतम मात्र अब सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहनेछन् ।
३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका उनी हालको ३० बर्से सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् । गौतम ६ कात्तिक २०७५ मा राजु अर्याल र नारायणदत्त पौडेलसँगै डीआईजीमा बढुवा भएका थिए । अर्याल र पौडेल भने १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।
नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई हाल डीआईजी पदमा कार्यरत नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् । राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।