०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

सशस्त्र प्रहरीका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

ABC (क्राईमबिट)
काठमाडौं सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् ।
सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि) का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।
नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनामा कार्यरत अधिकृत र तल्लो तहका सुरक्षाकर्मीलाई स्थानान्तरण गरी २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन गरिएकामा माथिल्लो तहमा यही मंसिर अन्तिम सातादेखि नेपाली सेनाबाट आएकाको संख्या एक मात्र हुनेछ ।
नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो । नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् । बस्नेत र श्रेष्ठले आईजीपी बनेर हाँकेको सशस्त्रको माथिल्लो निकायमा अब नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम मात्रै हुनेछन् । नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत गौतम मात्र अब सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहनेछन् ।
३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका उनी हालको ३० बर्से सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् । गौतम ६ कात्तिक २०७५ मा राजु अर्याल र नारायणदत्त पौडेलसँगै डीआईजीमा बढुवा भएका थिए । अर्याल र पौडेल भने १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।
नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई हाल डीआईजी पदमा कार्यरत नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् । राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]