२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जुवाको खालबाट १९ माेटरसाइकल २ कार सहित १६ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(विवेक गाहा)
जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं. ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो ।
स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोलीले खाल थापी जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ६९ हजार ५ सय रुपैंया सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले उनीहरुबाट नगद सहित १ बुङ तास, कौडा गोटी १६ थान, बिभिन्न कम्पनीका मोवायल थान १७ तथा सोही ठाउँ नजिक निज व्यक्तिहरु सवार भई आएको १९ वटा मोटरसाईकल र २ वटा कार समेतका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेहरुमा मोरङ रतुवामाई न.पा.७ सिजुवा बजार बस्ने बर्ष ४७ को डिल्लीराम चौलागाई, सोहि ठाउँ बस्ने बर्ष ३५ को मोती पौडेल, बर्ष ४३ को रामनाथ मैनाली, बर्ष ४१ को देबी प्रसाद प्रसाई, बर्ष ३७ को रामनाथ नेपाल, बर्ष ४५ को हेमलाल प्रसाई, बर्ष ४० को नारायण चुडाल, रतुवामाई न.पा. ८ उल्लुकुटु बस्ने बर्ष ४४ को सन्त ब.राई, सिक्किमे टोल बस्ने बर्ष ३५ को सागर गडतौला रहेका छन् ।
यसैगरी सोहि स्थानमा बस्ने बर्ष ४५ को दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ को योगराज घिमिरे, बर्ष ३८ को अशोक भट्टराई, बर्ष ३९ को राजन हस्ता सतार, रतुवामाई न.पा.६ कादुपाडा बस्ने बर्ष ४५ को गोपी पराजुली, सौठा बस्ने बर्ष ३६ को रबिन पोखरेल र मोरङ बेलबारी न.पा. ७ बिच बजार बस्ने बर्ष २२ को गणेश श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवाजन्य ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!