२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

जुवाको खालबाट १९ माेटरसाइकल २ कार सहित १६ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(विवेक गाहा)
जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं. ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो ।
स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोलीले खाल थापी जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ६९ हजार ५ सय रुपैंया सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले उनीहरुबाट नगद सहित १ बुङ तास, कौडा गोटी १६ थान, बिभिन्न कम्पनीका मोवायल थान १७ तथा सोही ठाउँ नजिक निज व्यक्तिहरु सवार भई आएको १९ वटा मोटरसाईकल र २ वटा कार समेतका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको छ ।
जुवाको खालबाट पक्राउ पर्नेहरुमा मोरङ रतुवामाई न.पा.७ सिजुवा बजार बस्ने बर्ष ४७ को डिल्लीराम चौलागाई, सोहि ठाउँ बस्ने बर्ष ३५ को मोती पौडेल, बर्ष ४३ को रामनाथ मैनाली, बर्ष ४१ को देबी प्रसाद प्रसाई, बर्ष ३७ को रामनाथ नेपाल, बर्ष ४५ को हेमलाल प्रसाई, बर्ष ४० को नारायण चुडाल, रतुवामाई न.पा. ८ उल्लुकुटु बस्ने बर्ष ४४ को सन्त ब.राई, सिक्किमे टोल बस्ने बर्ष ३५ को सागर गडतौला रहेका छन् ।
यसैगरी सोहि स्थानमा बस्ने बर्ष ४५ को दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ को योगराज घिमिरे, बर्ष ३८ को अशोक भट्टराई, बर्ष ३९ को राजन हस्ता सतार, रतुवामाई न.पा.६ कादुपाडा बस्ने बर्ष ४५ को गोपी पराजुली, सौठा बस्ने बर्ष ३६ को रबिन पोखरेल र मोरङ बेलबारी न.पा. ७ बिच बजार बस्ने बर्ष २२ को गणेश श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवाजन्य ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!