२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

तुलसीपुरका पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(तेज वली)
दाङ तुल्सीपुर शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्ये थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय १ पुरुष,२८ र ३६ वर्षीय २ महिला गरि ३ जना,वडा नं. ६ का ६१,४६,२१ वर्षीय ३ जना पुरुष र २६ वर्षीय १ महिला गरि ४ जना, वडा नं. १२ का २५ वर्षीय १ जना पुरुष, वडा नं. १५ का ५४ वर्षीय १ जना पुरुष, वडा नं. १७ का ४१ र २३ वर्षीय २ जना पुरुष,वडा नं. १८ का ३२ वर्षीय १ महिला र वडा नं. १९ का ३२ वर्षीय १ जना पुरुष रहेका छन ।
त्यस्तै वडा नं. ७,वडा नं. ६ र वडा नं. १४ का १÷१ जना पुरुष फलोअपमा रहेको फोकल पर्सन केसीले बताए ।
शनिवार संक्रमित हुनेमा पत्रकार सहित विभिन्न संघसस्थाका कर्मचारी रहेका छन ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रिय संक्रमितको संख्या २ सय १४ पुगेको छ । यसैबिच शनिबार मात्र तुलसीपुरमा ७ जनाले कोरोनालाई जितेका छन । यो संगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ सय ७८ जना पुगेको छ । तुलसीपुरमा कोरोनाको तथ्याङ्क हेर्दा हाल २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!