प्रकशित मिति : ६ मंसिर २०७७, शनिबार १६:४३

(राकेश श्रेष्ठ)
हेटौँडा उपमहानगरपालिका १६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ।
विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए।
स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com