१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

नेकपाका केन्द्रीय उपाध्यक्ष गौतम दाङमा पार्टी एकताको पक्षमा

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(ABC Sanchar)
दाङ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।
म कुनै गुटमा छैन्, म सधै गुटको विपक्षमा हुन्छु, अहिले पार्टी भित्रका गुटले गर्दा नै यस्तो समस्या देखिएको हो’, उनले भने‘ अहिले पार्टी टुटफुट हुन्छ, की भन्ने आशंका छ, तर, मैले पार्टी एकतालाई जोड दिएको छु ।’
पार्टी एकताका क्रममा धेरै मतभेत रहेपनि ति मतभेतहरुलाई थाति राखेर एकता गरिएको र ति समस्याहरु अहिले आएर बल्झिएको समेत उनले बताए ।‘हामीले एकताको बेला विचार, सिद्धान्तमा छलफल गरेनौं’, उनले भने‘ हामीले त्यतिबेला हतार ग¥यो, धेरै मतभिन्नताहरु थिए, ति मत भिन्नताहरु अहिले आएर देखा परेका छन् ।’
एकताकै क्रममा थुप्रै समस्याहरु जन्मिएको भएपनि, त्यतिबेला पार्टीलाई न्वारवान मात्रै गरेको तर, समस्या समाधान नभएकाले अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ । पार्टीले सरकार चलाउनु पर्ने भएपनि सरकार एकलौटी रुपमा चलेकाले पनि अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ ।
‘राजनीतिक संबैधानिक नियुक्तीका सन्दर्भमा पनि सरकारले पार्टीको सचिबालयमा छलफलका रुपमा ल्याउनु पर्ने र सचिबालयको राय, सुझाबका आधारमा अघि बढ्नु पर्ने हो’, उनले भने‘ हामीले सरकारले ल्याएका नियुक्तीमा अस्वीकार गर्न त मिल्दैन, तर सुझाब दिन्थ्यौं, त्यो हुन सकेको छैन् ।’
पार्टीमा दुई अध्यक्षले बैठकको एजेण्डा तय, गर्ने र त्यही एजेण्डाका आधारमा सचिबालय, स्थायी कमिटि, केन्द्रीय कमिटिको बैठक बस्ने भएपनि अहिले दुई अध्यक्षमध्ये एउटाले बैठक बसौं, भन्ने र अर्कोले बैठक बसाल्न नमान्ने प्रबृतिले पनि बैठक बस्न नसकेको उपाध्यक्ष गौतमको भनाई छ । आफू गुटको सधै विपक्षमा भएपनि अहिले पार्टीमै तीन वटा सशक्त गुट भएको र पार्टीमा देखिएको बाधक नै गुट–उपगुट नै रहेको उनको भनाई छ । निर्वाचन आउन पनि अब धेरै समय नभएको भन्दै यो समस्या तत्काल समाधान गर्नुपर्ने समेत उनले बताए ।‘निर्वाचन आउन धेरै समय छैन्, एक÷डेढ बर्ष छ, त्यसैले यो समस्या तत्काल समाधान गर्नुपर्छ’, उनले भने‘नत्र भने यो गुट–उपगुृटले झन धेरै समस्या लिने र एउटा गुटले अर्को गुटलाई चुनाब नै हराउने अबस्था पनि आउन सक्छ ।’ पार्टी भित्र फरक विचार राख्नुले पार्टीलाई झनै चलायमान र मजवुत बनाउने भएपनि ठीक ढंगले अगाडी बढाउनु पर्ने उनको भनाई छ । अहिलेको परिस्थितिबाट पनि पार्टी एकता हुने उनको भनाई छ । आफु ७ बर्षको हुँदा कम्युनिष्ट पार्टीमा आबद्ध भएको भन्दै उनले अहिलेसम्म आफु कम्युनिष्ट पार्टीका ४४ वटा पार्टी एकीकरणमा सहभागि भएको बताए । ४४ वटा एकीकरणमध्ये २०७५ सालमा भएको तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबीच भएजति ठूलो एकता अहिलेसम्म नभएको समेत उनले बताए ।
उनले मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै आफ्नै पालामा समाजवादको आधार तयार भएको देख्ने रहर भएको समेत बताए ।‘ अझै ५÷६ बर्ष बाँच्छु की भन्ने आशा छ, यो अबधीमा मैले आफ्नै पालामा समाजवादको आधार तयार पारेको देख्ने धोको छ’, उनले भने ।
साथै उनले सरकारले घोषण पत्र अनुसार काम गर्न नसकेको समेत बताए ।‘चुनाबी घोषण पत्र भनेको त्यो जनतासंग गरेको बाँचा हो, तर त्यो अनुसार काम भएका छैनन्’, उनले भने‘ अहिले योग्दानमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यक्रम बाहेक अन्य कुनै पनि लागु हुन नसक्नु दुःखद हो ।’ अझै पनि जनताले देख्ने गरि विकास हुन नसकेको उनको भनाई छ । सरकार लोकपृय भएन भने पार्टी मात्रै ठूलो भएर मात्रै केही गर्न नसकिने समेत उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’, जिल्ला अध्यक्ष टिकाराम खड्का, सांसद हिराचन्द्र केसीलगायतको सहभागिता थियो । बामदेव पारिवारिक भेटघाटकालागि जीवन संगिनी तथा सांसद तुलसा थापासंग दाङ आएको अबसरमा उक्त कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।