१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नेकपाका केन्द्रीय उपाध्यक्ष गौतम दाङमा पार्टी एकताको पक्षमा

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(ABC Sanchar)
दाङ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।
म कुनै गुटमा छैन्, म सधै गुटको विपक्षमा हुन्छु, अहिले पार्टी भित्रका गुटले गर्दा नै यस्तो समस्या देखिएको हो’, उनले भने‘ अहिले पार्टी टुटफुट हुन्छ, की भन्ने आशंका छ, तर, मैले पार्टी एकतालाई जोड दिएको छु ।’
पार्टी एकताका क्रममा धेरै मतभेत रहेपनि ति मतभेतहरुलाई थाति राखेर एकता गरिएको र ति समस्याहरु अहिले आएर बल्झिएको समेत उनले बताए ।‘हामीले एकताको बेला विचार, सिद्धान्तमा छलफल गरेनौं’, उनले भने‘ हामीले त्यतिबेला हतार ग¥यो, धेरै मतभिन्नताहरु थिए, ति मत भिन्नताहरु अहिले आएर देखा परेका छन् ।’
एकताकै क्रममा थुप्रै समस्याहरु जन्मिएको भएपनि, त्यतिबेला पार्टीलाई न्वारवान मात्रै गरेको तर, समस्या समाधान नभएकाले अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ । पार्टीले सरकार चलाउनु पर्ने भएपनि सरकार एकलौटी रुपमा चलेकाले पनि अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ ।
‘राजनीतिक संबैधानिक नियुक्तीका सन्दर्भमा पनि सरकारले पार्टीको सचिबालयमा छलफलका रुपमा ल्याउनु पर्ने र सचिबालयको राय, सुझाबका आधारमा अघि बढ्नु पर्ने हो’, उनले भने‘ हामीले सरकारले ल्याएका नियुक्तीमा अस्वीकार गर्न त मिल्दैन, तर सुझाब दिन्थ्यौं, त्यो हुन सकेको छैन् ।’
पार्टीमा दुई अध्यक्षले बैठकको एजेण्डा तय, गर्ने र त्यही एजेण्डाका आधारमा सचिबालय, स्थायी कमिटि, केन्द्रीय कमिटिको बैठक बस्ने भएपनि अहिले दुई अध्यक्षमध्ये एउटाले बैठक बसौं, भन्ने र अर्कोले बैठक बसाल्न नमान्ने प्रबृतिले पनि बैठक बस्न नसकेको उपाध्यक्ष गौतमको भनाई छ । आफू गुटको सधै विपक्षमा भएपनि अहिले पार्टीमै तीन वटा सशक्त गुट भएको र पार्टीमा देखिएको बाधक नै गुट–उपगुट नै रहेको उनको भनाई छ । निर्वाचन आउन पनि अब धेरै समय नभएको भन्दै यो समस्या तत्काल समाधान गर्नुपर्ने समेत उनले बताए ।‘निर्वाचन आउन धेरै समय छैन्, एक÷डेढ बर्ष छ, त्यसैले यो समस्या तत्काल समाधान गर्नुपर्छ’, उनले भने‘नत्र भने यो गुट–उपगुृटले झन धेरै समस्या लिने र एउटा गुटले अर्को गुटलाई चुनाब नै हराउने अबस्था पनि आउन सक्छ ।’ पार्टी भित्र फरक विचार राख्नुले पार्टीलाई झनै चलायमान र मजवुत बनाउने भएपनि ठीक ढंगले अगाडी बढाउनु पर्ने उनको भनाई छ । अहिलेको परिस्थितिबाट पनि पार्टी एकता हुने उनको भनाई छ । आफु ७ बर्षको हुँदा कम्युनिष्ट पार्टीमा आबद्ध भएको भन्दै उनले अहिलेसम्म आफु कम्युनिष्ट पार्टीका ४४ वटा पार्टी एकीकरणमा सहभागि भएको बताए । ४४ वटा एकीकरणमध्ये २०७५ सालमा भएको तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबीच भएजति ठूलो एकता अहिलेसम्म नभएको समेत उनले बताए ।
उनले मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै आफ्नै पालामा समाजवादको आधार तयार भएको देख्ने रहर भएको समेत बताए ।‘ अझै ५÷६ बर्ष बाँच्छु की भन्ने आशा छ, यो अबधीमा मैले आफ्नै पालामा समाजवादको आधार तयार पारेको देख्ने धोको छ’, उनले भने ।
साथै उनले सरकारले घोषण पत्र अनुसार काम गर्न नसकेको समेत बताए ।‘चुनाबी घोषण पत्र भनेको त्यो जनतासंग गरेको बाँचा हो, तर त्यो अनुसार काम भएका छैनन्’, उनले भने‘ अहिले योग्दानमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यक्रम बाहेक अन्य कुनै पनि लागु हुन नसक्नु दुःखद हो ।’ अझै पनि जनताले देख्ने गरि विकास हुन नसकेको उनको भनाई छ । सरकार लोकपृय भएन भने पार्टी मात्रै ठूलो भएर मात्रै केही गर्न नसकिने समेत उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’, जिल्ला अध्यक्ष टिकाराम खड्का, सांसद हिराचन्द्र केसीलगायतको सहभागिता थियो । बामदेव पारिवारिक भेटघाटकालागि जीवन संगिनी तथा सांसद तुलसा थापासंग दाङ आएको अबसरमा उक्त कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!