२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(ABC Sanchar)
कञ्चनरूप नगरपालिका-५ परेमारामा एउटा जंगली हात्ती मृत फेला परेको छ। करेन्ट लागेर मरेको अवस्थामा परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती फेला परेको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।
नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएको हात्ती गाउँमा मृत अवस्थामा भेटिएको उनको भनाई छ । हात्तीको शरीरको भारले बिजुलीको तार किचिएर पोलसमेत झुकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!