२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेले ६ लाखको अवैध सामाग्री ९ वटा राँगा पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(महेन्द्र सिंह)
बाँके सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार भारतबाट ल्याउदै गरिएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ५ बजे नेपालगन्ज वडा नम्बर १५ को तपेश्वरीबाट १ लाख ६३ हजार ८०० रुपैयाँ बराबरका २३४ जोर जुत्ता, ४ हजार ९ सय रुपैयाँको २८ जोर लेडिज चप्पल, २४ हजार २ सय ५० रुपैयाँ बराबरको ९७ जोर जेन्स चप्पल, ५० हजार रुपैयाँको २५ वटा टयुब, ५ हजार ५सय ७५ रुपैयाँको २२३ पिस सिलिङ पंखाको डंडी, २ हजार रुपैयाँको ४० पिस अभतार इलेक्ट्रोनिकस असोसेरिज, ७ हजार रुपैयाँ बराबरको २ पिस ठुलो एमसिबी बक्स,७५ सय रुपैयाँ बराबरको ५ पिस सानो एमसीबी बक्स गरि २ लाख ६५ हजार २५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका सबै अवैध सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
त्यस्तै बरामदकै क्रममा सशस्त्र प्रहरीले नरैनापुरबाट भारतबाट तस्करी गरेर ल्याउदै गरिएका ९ वटा राँगा बरामद गरेको छ। सशस्त्र प्रहरीको नरैनापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे नरैनापुर वडा नम्बर ४ को सिमानाकाबाट २ लाख २५ हजार रुपैयाँ बराबरका ९ वटा राँगा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरेका सबै ९ वटा राँगालाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!