०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

सशस्त्र प्रहरी बाँकेले ६ लाखको अवैध सामाग्री ९ वटा राँगा पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(महेन्द्र सिंह)
बाँके सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले सोमबार भारतबाट ल्याउदै गरिएका लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ५ बजे नेपालगन्ज वडा नम्बर १५ को तपेश्वरीबाट १ लाख ६३ हजार ८०० रुपैयाँ बराबरका २३४ जोर जुत्ता, ४ हजार ९ सय रुपैयाँको २८ जोर लेडिज चप्पल, २४ हजार २ सय ५० रुपैयाँ बराबरको ९७ जोर जेन्स चप्पल, ५० हजार रुपैयाँको २५ वटा टयुब, ५ हजार ५सय ७५ रुपैयाँको २२३ पिस सिलिङ पंखाको डंडी, २ हजार रुपैयाँको ४० पिस अभतार इलेक्ट्रोनिकस असोसेरिज, ७ हजार रुपैयाँ बराबरको २ पिस ठुलो एमसिबी बक्स,७५ सय रुपैयाँ बराबरको ५ पिस सानो एमसीबी बक्स गरि २ लाख ६५ हजार २५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका सबै अवैध सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
त्यस्तै बरामदकै क्रममा सशस्त्र प्रहरीले नरैनापुरबाट भारतबाट तस्करी गरेर ल्याउदै गरिएका ९ वटा राँगा बरामद गरेको छ। सशस्त्र प्रहरीको नरैनापुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे नरैनापुर वडा नम्बर ४ को सिमानाकाबाट २ लाख २५ हजार रुपैयाँ बराबरका ९ वटा राँगा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरेका सबै ९ वटा राँगालाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!