०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नातिले चिर्पट प्रहार गरी आफ्नै हजुर आमाको हत्या नाति पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

ABC (क्राईमबिट)
दाङ गढवा गाउँपालिका १ चिसापानीका २८ वर्षीय जिवन घर्तीले आफ्नै हजुर आमा ८४ वर्षीया केशरी घर्तीलाई चिर्पट प्रहार गरी शक्त घाइते तुल्याएका थिए ।
उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।
जिवनको चिर्पट प्रहारवाट उनकी २८ बर्षीया श्रीमति बशन्ति घर्ती, ९ बर्षको छोरा बशन्त, ६ बर्षीया छोरी लक्ष्मी र ३० बर्षका दाजु खिमबहादुर घर्ती घाइते भएका छन् ।
घाइते मध्य खिमबहादुरको अवस्था सामान्ने रहेको हुँदा स्थानीयस्तरमै उपचार भइरहेको छ भने अन्य सबैलाई थप उपचारको लागि बुटवल लगिएको छ ।
बुटवलमै उपचारका क्रममा उनकी हजुरआमा केशरीको मृत्यु भएको थियो ।
परिवारका सदस्य सुतिरहेको समयमा सोमवार विहान ५ बजेतिर उनले एक्कासी सबैको टाउको तथा शरिरका विभिन्न भागमा चिर्पट प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले हत्या आरोपित जिवनको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी प्राप्त भएको बताए ।
प्रहरीले जिवनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]