२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मापदण्ड बिपरित सबै क्रसर उद्योगहरु बन्द हुन्छ सिडियो:आचार्य

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(सागर थापा)                                                       दाङका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य राज्यका विधि पद्धति र कानुन कार्यान्वयन हुनकै लागि हो, यसमा द्विविधा हुनुहुँदैन् । नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई सरकारले बन्द गर्न निर्देशन जारी गरेको छ । विभिन्न किसिमले मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगको अनुगमन गरी हामीले प्रतिवेदन सरकारलाई बुझाई पनि सकेका छौँ ।
प्रतिवेदनमा अधिकांश उद्योग बालुवा प्रशोधन उद्योगका रूपमा दर्ता भएर क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । ति उद्योगलाई १५ दिनभित्र बन्द गरिसक्न निर्देशन जारी गरेका छौँ । मंसिर ७ गतेदेखि नै मिति लागू भइसकेको छ । त्यहि दिनको मितिले १५ दिनभित्र ति मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योग बन्द हुन्छ । यस विषयमा सम्बन्धित व्यवसायी पनि सहमत भइसकेका छन् ।
राज्यलाई करोडौँ, अरबौँ राजस्व छली गरेर कसैले पनि यसरी उद्योग सञ्चालन गर्न पाउँदैन् । अहिले विषेशगरी हामीले दाङमा विषयगत कार्यालयको सहयोगमा अनुगमन गरेका थियौँ । त्यस विषयमा हामीले जानकारी पनि गराइसकेका छौँ । दाङमा अहिलेको अवस्थामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा दुईवटा बन्द भइसकेको छ भने दशवटा कागजीरूपमा वैधानिक हिसाबले सञ्चालनमा रहेका छन् भने अन्य दशवटा उद्योगले त झन् बालुवा प्रशोधन उद्योगको नाममा क्रसर उद्योग सञ्चालन गरेका छन् ।
जिल्लाभर ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता भएकामध्ये छवटा बालुवा प्रशोधन उद्योग पनि बन्द भइसकेका छन् । अहिले जिल्लामा २६ वटा बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । ति २६ वटा उद्योगमध्ये दशवटाले क्रसर उद्योग पनि सञ्चालन गर्ने गरेको देखिएको छ । नियम, कानुनभन्दा कोहि माथि हुन सक्दैन् । मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याएर सञ्चालन गर्न गराउनका लागि पहल गरिरहेका छौँ । समस्या र चुनौती भएपनि ति चुनौतीलाई सजिलै सामना गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगलाई बन्द गर्न १५ दिनको अल्टिमेटम पनि दिइएको छ ।
मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योग अहिले तत्काल बन्द भएपनि ति उद्योगले पनि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर सञ्चालन गर्न सक्छन् । तर बालुवा प्रशोधन उद्योग दर्ता गरेर क्रसर उद्योग सञ्चालन गर्न पाईदैन् ।
जिल्लामा केही उद्योगले कागजी प्रक्रिया पूरा गरेपनि व्यवहारिक रूपमा कार्यान्वय नगरेको पनि देखिएको छ । जस्तै खोलाबाट करिब पाँच सय मिटर टाढामात्रै क्रसर उद्योग सञ्चालन गर्न सकिने नियममा छ । तर व्यवहारिक रूपमा हामीले त्यस्तो पाएका छैनौँ ? हामीले तिहारअघि गरेको अनुगमनको क्रममा यस्तो पाएपछि मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योगलाई तत्काल बन्द गर्न निर्देशन जारी गरिसकेका छौँ ।
बालुवा प्रशोधन उद्योगको हकमा दुरी, मापदण्डलगायतका कुराहरू २०७२ को नीतिमा छैन् । त्यो नीतिले कडाखालका मापदण्ड बनाएन् । जे होस्, जग्गा भएपछि पुगिहाल्छ भन्ने छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने कुन मापदण्ड अनुसार कुन खालका उद्योग दर्ता भए भन्ने महत्वपूर्ण कुरा हो । मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योगको अहिलेको अवस्थामा तत्काल बन्द गर्नुपर्ने हुन्छ । यदि अटेर गर्नुभयो, पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था छन् । अहिले हामीले कुनै किसिमको सम्झौता गर्दैनौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]