१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

वाणिज्य आपूर्ति बिभागले ३ सय २६ व्यापारिक फार्मलाई कारबाही

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

(ABC Sanchar)
काठमाडौं वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो ।
विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ
विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ । सो अवधिमा ६० लाख ८८ हजार १ सय ९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । यसैगरी २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईंले चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । प्रवक्ता सेढाईंले बजार अनुगमन गर्दा खाद्य सामग्रीमा म्याद सकिएका खाद्यान्नमा पुनः म्याद राखेर बिक्री गर्ने, अनलाइन व्यापारमा खाद्यान्न, मार्ट, लेबल नभएका, एउटा भनेर अकै व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गरिएको गरेको बताए । उनले १ हजार २ सय १२ वटा व्यवसायमा अनुगमन गर्दा ८७ वटा व्यवसायमा मात्र सामान्य अवस्थामा बताए ।
यो पनि पढ्नुहोस
कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने
प्रवक्ता सेढाईंले भने, ‘बजारलाई व्यवस्थित गर्न विभागले मात्र नभएर प्रदेश र स्थानीय तहले सबै जिम्मेवार निकायले प्रभावकारी ढंगले बजार अनुगमन गर्नुपर्छ । एक्लो विभागले मात्र बजारलाई व्यवस्थित गर्न सक्दैन । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ । विभागले नियमित रूपमा बजार अनुगमन गरेर कारबाही गरेको नै छ । तर बजारमा मूल्यवृद्धि, ठगी, मिसावट भने कायमै छ । त्यसकारण बजारमा व्यापारीको मनपरीलाई नियन्त्रण गर्न विभाग एक्लैले सक्दैन । सबै जिम्मेवार निकायले बजार अनुगमन गरेर व्यवस्थित गर्न सकिन्छ ।’
चाडपर्वको बेला सक्रिय हुने बजार अनुगमन अन्य समयमा नहुँदा बजारमा व्यवस्थित नहुने उपभोक्ताको गुनासो छ । विभागका अनुसार चार महिनाको अवधिमा बजार अनुगमन गर्ने क्रममा १९ वटा अनलाइन व्यापार र औषधि पसल, २५ वटा खाद्य किराना पसल, ११ वटा पानी उद्योग, २४ वटा मदिरा पसल, १८ वटा मिठाई पसल, १० वटा मार्ट, ६ कपडा पसललगायतलाई कारबाही गरिएको छ । म्याद नाघेको खाद्यान्नमा पुनः म्याद राखी कमसल सामान बिक्री गर्ने कलंकीस्थित विष्णुलक्ष्मी इन्टरप्राइजेज र शंकर बयलकोटी र लगानीकर्ता रोनक बोधरालाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ जरिमाना र एक वर्ष कैदको व्यवस्था गरेको छ । रिलेबलिङमा संलग्न विष्णुलक्ष्मी इन्टरप्राइजेजको फार्मसमेत खारेज भएको पाइएको छ । म्याद नाघेका सामान बिक्री गरेको कसुरमा आयन इन्टरप्राइजेजकी सञ्चालक पुष्पादेवी अग्रवालसहित पाँच जनालाई कारबाही गरिएको छ ।राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]