२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

वाणिज्य आपूर्ति बिभागले ३ सय २६ व्यापारिक फार्मलाई कारबाही

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

(ABC Sanchar)
काठमाडौं वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो ।
विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ
विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ । सो अवधिमा ६० लाख ८८ हजार १ सय ९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । यसैगरी २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।
विभागका प्रवक्ता शिवराज सेढाईंले चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । प्रवक्ता सेढाईंले बजार अनुगमन गर्दा खाद्य सामग्रीमा म्याद सकिएका खाद्यान्नमा पुनः म्याद राखेर बिक्री गर्ने, अनलाइन व्यापारमा खाद्यान्न, मार्ट, लेबल नभएका, एउटा भनेर अकै व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गरिएको गरेको बताए । उनले १ हजार २ सय १२ वटा व्यवसायमा अनुगमन गर्दा ८७ वटा व्यवसायमा मात्र सामान्य अवस्थामा बताए ।
यो पनि पढ्नुहोस
कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने
प्रवक्ता सेढाईंले भने, ‘बजारलाई व्यवस्थित गर्न विभागले मात्र नभएर प्रदेश र स्थानीय तहले सबै जिम्मेवार निकायले प्रभावकारी ढंगले बजार अनुगमन गर्नुपर्छ । एक्लो विभागले मात्र बजारलाई व्यवस्थित गर्न सक्दैन । अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, लेबल नभएका, म्याद नाघेका सामान बिक्री गरेका, लेबल नभएका सामान बिक्री गर्ने गरेको पाइन्छ । विभागले नियमित रूपमा बजार अनुगमन गरेर कारबाही गरेको नै छ । तर बजारमा मूल्यवृद्धि, ठगी, मिसावट भने कायमै छ । त्यसकारण बजारमा व्यापारीको मनपरीलाई नियन्त्रण गर्न विभाग एक्लैले सक्दैन । सबै जिम्मेवार निकायले बजार अनुगमन गरेर व्यवस्थित गर्न सकिन्छ ।’
चाडपर्वको बेला सक्रिय हुने बजार अनुगमन अन्य समयमा नहुँदा बजारमा व्यवस्थित नहुने उपभोक्ताको गुनासो छ । विभागका अनुसार चार महिनाको अवधिमा बजार अनुगमन गर्ने क्रममा १९ वटा अनलाइन व्यापार र औषधि पसल, २५ वटा खाद्य किराना पसल, ११ वटा पानी उद्योग, २४ वटा मदिरा पसल, १८ वटा मिठाई पसल, १० वटा मार्ट, ६ कपडा पसललगायतलाई कारबाही गरिएको छ । म्याद नाघेको खाद्यान्नमा पुनः म्याद राखी कमसल सामान बिक्री गर्ने कलंकीस्थित विष्णुलक्ष्मी इन्टरप्राइजेज र शंकर बयलकोटी र लगानीकर्ता रोनक बोधरालाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ जरिमाना र एक वर्ष कैदको व्यवस्था गरेको छ । रिलेबलिङमा संलग्न विष्णुलक्ष्मी इन्टरप्राइजेजको फार्मसमेत खारेज भएको पाइएको छ । म्याद नाघेका सामान बिक्री गरेको कसुरमा आयन इन्टरप्राइजेजकी सञ्चालक पुष्पादेवी अग्रवालसहित पाँच जनालाई कारबाही गरिएको छ ।राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!