०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

काठमाडौं तराई मधेस द्रुतमार्ग निर्माण समयसीमा भित्रै सकिन्छ सेना

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

(ABC Sanchar)
काठमाडौं नेपाली सेनाले काठमाडौं तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।
‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।
सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।
हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ ।
हालसम्म १६ दशमलव २१ प्रतिशत कार्य प्रगति
२१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निणर््ाय लिएको थियो । यस्तै, १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्ब रहेको र दु्रतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।
हालसम्मको समष्टिगत कार्य प्रगति
सो आयोजना हाल छैटांै चरणमा चलिरहेको छ । हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ ४२ दशमलव ८० प्रतिशत रहेको सेनाले जनाएको छ ।
यसैगरी, समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलव २१ प्रतिशत तथा वित्तीयतर्फ ९ दशमलव ५२ प्रतिशत रहेको छ । आयोजनाको वित्तीय प्रगति विवरणअनुसार हालसम्मको कुल वित्तीय खर्च १६ अर्ब ६६ करोड रहेको सेनाले भनेको छ ।
यो पनि पढ्नुहोस
नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि
संरचनागत कार्य प्रगति
आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किमिमध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाइ ६ दशमलव ४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १० दशमलव ५९ किमि र ढुंगामाटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलव ५ किमि रहेको छ । जसअन्तर्गत आयोजनाको ४४ दशमलव १ किमि सडकखण्डको सबग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरू हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।
२०७७ कात्तिकसम्म सो आयोजनाको कुल कार्य अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल भएको सेनाले जनाएको हो ।
यसैगरी, सुरुङ खण्ड निर्माण गर्न परामर्शदाता छनोट भई एक चरणको काम सकाएर रिपोर्ट तयार गर्ने काम भइरहेको र महादेवटार, धेद्रे र लेनडाँडाबाट गरी कुल १८ गोटा बोर होल्स ड्रिलिङ गर्ने कार्य अन्तिम चरणमा रहेको तथा ड्रिलिङ गरिएका स्थानको नमुना परीक्षण गर्ने काम भइरहेको छ ।
यस्तै, सुरुङ मार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न हाल मूल्यांकनको कार्य भइरहेको छ । मूल्यांकनको कार्य यही मंसिर मसान्तसम्म सम्पन्न गरी थप काम गरिने सेनाले बताएको छ । कार्यतालिकाअनुसार चैतसम्ममा सम्झौता सम्पन्न भई सुरुङ मार्गको कार्य सुरु गर्ने लक्ष्य सेनाको छ ।
यसैगरी, पुल निर्माण, बेलिब्रिज निर्माण कार्यलगायतका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ भने सुरुङ एवं पुल निर्माणलगायतका कार्यमा सहजताका लागि पहुँच मार्ग निर्माण गर्ने कार्यसमेत भइरहेको छ ।
आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०७७÷७८ को पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख बजेट विनियोजन भएको सेनाले जनाएको छ ।
सरकारद्वारा निर्दिष्ट भएअनुरूप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको सो दु्रतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहेको सेनाले भनेको छ । राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!