०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

महासंघमा भिड्दैछन् पाँच महिला महिला उम्मेदवारी ४.१३ प्रतिशत मात्र

Logo
प्रकाशित बिहिबार, मंसिर ११, २०७७

(महेन्द्र सिंह)
नेपाल उद्योग वाणिज्य महासङ्घले अहिले आफ्नो ५४ औं बार्षिक सधारण सभा तथा राष्ट्रिय अधिवेशनमार्फत आफ्नो नयाँ नेतृत्व चयन गर्न लागेको छ। महासंघ नेतृत्व पंक्तिमा बसेर प्रतिनिधित्व गर्न पाँच जना महिला अहिले निर्वाचनमा भिड्दैछन्। महासंघको निर्वाचन समितिले गत सोमवार दिउँसो ३ बजे जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा ६२ पदका लागि उम्मेदवारी मनोनयन गराएका एक सय २१ जनामा पाँच जना महिला उम्मेदवार छन्।
मनोनयन संख्या हेर्दा महिला उम्मेदवारी ४.१३ प्रतिशत मात्र अर्थात ५ प्रतिशतभन्दा पनि कम रहेको छ। शिर्ष नेतृत्वमा उद्यमी महिला भवानी राणा बसेर अध्यक्षता हस्तान्तरण गर्न लागि रहेको बेला महासंघभित्र अबको महिला प्रतिनिधित्व कस्तो हुने भन्ने सवालमा महिलाहरुको उम्मेदवारीले अर्थ राख्ने यस विषयमा चाँसो राखेकी उपप्रध्यापक शुष्मा तिवारी द्विवेदीले बताइन्। राजधानी काठमाडौंमा मंसिर ११ बिहीवारदेखि सुरु भएर अधिवेशन १३ गते शनिवारसम्म चल्ने छ। महासंघ लैंगिक रुपमा कतिको समावेशी हुने र निजी क्षेत्र सम्बद्ध सबभन्दा अग्रणी संस्थाले आफ्नो कार्यकारणीमा कति जना महिलाहरुलाई ठाउँ दिने भन्ने नतिजा पनि यस अधिवेशनले तय हुन लागेको छ।
नेपालका उद्योग वाणिज्य क्षेत्रको हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापित महासंघ हो यो। यो संस्था संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले अघि सारेको समावेसी प्रतिनिधित्वको अवधारणालाई अनुमोदन गर्ने सिमित संख्या हो यि महिलाहरुको उम्मेदवारी। ‘अर्थतन्त्रको मुख्य स्तम्भ भनेको निजी क्षेत्र हो र निजी क्षेत्रको प्रमुख संस्था हो यो महासंघ, यसको संरचनाको अवस्थाले मुलुको सिँगो एउटा क्षेत्रको स्वरुप देखाउँछ। कमसे कम ३३ प्रतिशत महिलाहरुलाई हरेक क्षेत्रले संरचनागत रुपमैं समावेश गर्नुपर्छ भन्ने हामीले मान्यता राख्दछौं, त्यो हुन नसके पनि जति संभव छ त्यतिसम्म समावेशिता आपेक्षित छ,’ वीरगन्जको ठाकुरराम बहुमुखि क्याम्पस कि उपप्रध्यापक रहेकी द्विवेदीले भनिन, ‘नेपाल उद्योग बाणिज्य महासङ्घ भएका ब्यक्तिहरु प्रायः बौद्धिक र सचेत हुनुहुन्छ, उहाँहरुले कतिको समावेशिता कायम गर्ने, के सन्देश दिने भन्ने चाँसो पनि हो।
सिंगै मोफसलबाट रचना एक्लो
राजधानी काठमाडौं बाहिर, सिंगै मोफसलबाट नेपालगञ्ज कि रचना श्रेष्ठ एक मात्र उम्मेदवार छिन्। नेपालगञ्ज उद्योग बाणिज्य संघले लुम्बिनी प्रदेश क्षेत्रका लागि आफ्नो उम्मेदवार बनाएको हो।
उद्योग वाणिज्य महासंघको भुमिकामा लामो समयदेखि सक्रिय नेपालगन्जकी उद्यमी श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा चन्द्रौटा उद्योग बाणिज्य संघका जमशेर मिँया र दाँग उद्योग बाणिज्य संघका हेमराज बञ्जाडेसंग भिड्दै छिन्। उनी निर्वाचित भएको खण्डमा राजधानी बाहिरबाट महासंघको नेतृत्व पंक्तिमा प्रतिनिधित्व गर्ने एक्लो महिला हुने छिन्। निर्वाचित नभएमा राजधानी बाहिरबाट महिला प्रतिनिधित्व शुन्य नै रहनेछ।
नेपालगन्जको उद्यामी व्यवसायिहरुको राजनीतिमा सक्रिय महिलाको सूचीमा श्रेष्ठकै नाम अगाडी आउँछ। दुई पटक नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, एकपटक उपमहासचिव हुँदै यसअघि क्षेत्रीय समिति सदस्यमा चुनाव लडेर निर्वाचित भएकी थिइन्। नीजि क्षेत्रका उद्योग र प्रतिष्ठानहरुमा लैगिक संवेदनशीलताको वकालत गर्ने उनी महिलाहरुको उद्यमशीलता बिकासमा पनि जोड दिन्छिन्।
बस्तुगत र एशोसिएटबाट महिला उम्मेदवार
सदस्यमा आगामी कार्यकालमा स्वतः अध्यक्षको कार्यभार सम्हाल्ने बरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्ष उद्योग बाणिज्य समुह, बस्तुगत र एशोसिएटका गरी मुख्य चार पदमा आठ जनाको उम्मेदवारी परेकोमा एक जना पनि महिला परेनन्। जिल्ला नरगर उद्योग बाणिज्य संघको तर्फबाट निर्वाचित हुने १८ जनामा प्रतिस्पर्धी खेमाहरुबाट ३८ जनाले उम्मेदवारी दिएकोमा त्यसमा समेत महिला छैनन्। ७ प्रदेशबाट एकएक जना निर्वाचित हुने सदस्य पदका लागि प्रदेश १ बाट मोरङ्ग ब्यपार संघका राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् भने बाँकी ६ वटा प्रदेशबाट एकएक जना निर्वाचित हुनेमा १४ जनाको उम्मेदवारी परेको छ। यसै अन्तरगत लुम्बिनी प्रदेशबाट रचना श्रेष्ठ भिड्दै छिन्।
त्यसतै वस्तुगत संघको तर्फबाट निर्वाचित हुने १४ सदस्य पदका लागि उम्मेदवारी दिएका २८ जनामा २ जना महिलाहरु रहेका छन्। सौन्दर्य कला ब्यवसायि संघले कमला श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उनी निजी क्षेत्रमा सक्रिय ब्यवसायि महिलामध्ये चिनिएका नाम हुन्। त्यसतै महिला उद्यमी महासंघ नेपालले निवर्तमान अध्यक्ष शारदा रिजाललाई उम्मेदवार बनाएको छ। सक्रिय र नेतृत्व क्षमता भएकी महिलामा रिजालको नाम आउँछ। हस्तकलाका सामग्रीहरुको निर्यातको ब्यवसाय संचालनको ३० वर्षको अनुभवी रिजाल महिला उद्यमी महासंघको कार्यसमिति सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी बसेर निजी क्षेत्र सम्बद्ध क्षेत्रमा काम गरेको २५ वर्षको अनुभव बोकेकी छन्।
ठूला ब्यवसायि घारानाहरुको प्रतिनिधित्व गर्ने एशोसिएट क्षेत्रबाट १९ वटा सदस्य पदका लागि ३१ ज्नाको उम्मेदवारी परेकोमा २ जना महिलाहरु पनि यसमा उम्मेदवार भएका छन्। सयपत्री (मेरीगोल्ड) ज्वेलर्स कि ज्योत्सना श्रेष्ठले यसमा उम्मेदवारी दिएकी छिन्। क्रियाशील र चर्चित महिला उद्यमीमा उनी गनिन्छन्। त्यसतै कन्टिनेटल ट्रेडिङ्ग प्रालि कि रेखा घिमिरे पनि एशोसिएट क्षेत्रबाट १९ मध्ये एक सदस्य पदको उम्मेदवार छिन्। निजी क्षेत्रमा सक्रिय र धेरैले चिनेको प्रतिष्ठित महिला उद्यामीमा घिमिरेको नाम पनि आउँछ।
महासंघमा महिला प्रतिनिधित्वको सवालमा उम्मेदवारहरु आआफ्नो क्षेत्रबाट प्रतिस्पर्धाबाट आउने भएकोले खास संख्या वा प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित नरहेको बस्तुगततर्फ उम्मेदवारी दिएकि रिजालले बताइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!