२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गुल्मीमा जिप दुर्घटना ५ जनाको मृत्यु ३ जना घाइते

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

(बिपु खत्री)                                                       गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ मा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको हो । नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय गुम्मीका एसपी प्रविणलाल श्रेष्ठले बताए ।
दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]