०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पशु क्वारेन्टाइन अन्तरक्रिया भालुवाङ्गमा स्वस्थ पशुपंक्षी मात्र प्रयोग गर्न वक्ताहरुको सुझाव

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

(ABC Sanchar)
दाङ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन देउखुरीको भालुवाङ्गमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले सुझाव दिएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा आइतबार कार्यक्रम गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीकाे प्रमुख अातिथ्यतामा सम्पन्न साे अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गका वरिष्ठ उपाध्यक्ष टाेपबहादुर कार्की ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्ट, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्ट, सशस्त्र प्रहरी बल भालुवाङ्गका कार्यालय प्रमुख सशस्त्र प्रहरी प्रमुख कर्णबहादुर बुढामगर । त्यसैगरी सो कार्यक्रममा प्रहरी चौकी कालाकाटेका प्रहरी प्रमुख उज्वल शाह, प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी प्रमुख देवबहादुर केसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दाङका रमेश पौडेल, अर्घाखाँचीका अनुसन्धान सहायक रेशमबहादुर केसी प्रहरी जवानहरु वसन्त केसी र मनिराम दहितले कार्यक्रममा सहभागिता जनाएका थिए । पशु प्रशासन क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेका खरिदार तिलक धमला, स्थानीय व्यवसायी अनोज शर्मा, पशु शाखा लमही नपाका अधिकृत खेमबहादुर चौधरी, पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जकै लेखापाल मुकुन्द भट्टराई, र पत्रकारहरु सागर थापा, बिदुर एमसी लगायतले सो अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक रामलाेचन शाहकाे अध्यक्षतामा सम्पन्न भएको साे अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भालुवाङ्गका कार्यालय प्रमुख गिरिराज अधिकारीले गरेका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक शाहले कार्यक्रममा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!