२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

संघीयता खारेज त्यहा लाग्ने खर्च कोरोना उपचारमा लगाउ : नेपाली

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

(सागर थापा) दाङ                                                 राष्ट्रिय जनमोर्चाका कार्यवकारी अध्यक्ष रस्मिराज नेपालीले संघीयता नेपाल र नेपालीको लागि आबस्यक प्रणाली नभएको हुदा त्यसलाइ खारेज गरि त्यहा लाग्ने खर्च कोरोनाको उपचारमा लगाउन सरकार शीत माग गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरी ले संघीयता खारेज गरियोस, कोरोना भाइरस विरुद्ध प्रभाबकारी कदल चालियोस, भ्रष्टाचारको अन्त्य गरीयोस , भन्ने मुल नाराका साथ घोराहीको तुलसीपुर चोकमा आयोजना गरेको बिरोध सभामा लाई सम्बोधन गर्दै नेपालीले उक्त माग गर्नु भएको हो । राष्ट्रिय जनमोर्चा ले देश ब्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष टीका बिक , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामबहादुर जि एम, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पुर्णिामा आचार्य लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सचिबालय सदस्य रेशम बि सि ले कबिता बाचन गर्नु भएको थियोे । कार्यक्रम को संचालन जिल्ला सह सचिब ऋषिराम पौडेल ले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]