०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर र खोटाङबाट डिउटीमा खटिएको प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्ररीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यसैगरी खोटाङमा डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जाल्पा बस्ने ३२ वर्षीय कमाल बहादुर आले मगर र २७ वर्षीय छबिराज राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरुले सोही ठाउँ बस्ने पर्शुराम राईको घरमा ढुंगा प्रहार गरी घरको ढोका फोरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!