२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर र खोटाङबाट डिउटीमा खटिएको प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्ररीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३-०२-००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेपछि उक्त कार्यमा संलग्नमध्ये नापितलाई प्रहरीले पक्राउ गरी अन्य ३ जनाको खोजी गरिरहेको छ । साथै प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
यसैगरी खोटाङमा डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जाल्पा बस्ने ३२ वर्षीय कमाल बहादुर आले मगर र २७ वर्षीय छबिराज राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी उनीहरुले सोही ठाउँ बस्ने पर्शुराम राईको घरमा ढुंगा प्रहार गरी घरको ढोका फोरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!