३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

बलात्कारको घटना मिलाउन दबाब दिने वडाध्यक्ष सहित ६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
बैतडी । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनालाई झै झगडा भएको भनी पीडित किशोरीलाई ललाई फकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउन दबाब दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडाध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका-३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष रहेका छन् ।
सोही गाउँपालिका बस्ने २१ वर्षीय दिपक सिंह धामीले गत जेठ २३ गते बिहान ती किशोरीलाई बलात्कार गरेको तथा उक्त घटनाबारे गत असारमा वडाध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भनि दिपकको कसूर लुकाउन मिलापत्र गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउद सहित अन्य ४ जनालाई शनिबार पक्राउ गरेको हो ।
हाल फरार रहेका अभियुक्त दिपक सिंह धामीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्। आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्। ‘पहिलो […]

  काठमाडौँ । पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । एजेन्सी

  काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा कास्कीको सराङकोट स्थित रहेको बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ । “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघले उक्त सुधार गृहमा रहेका बालकहरुको नियमित स्वास्थ्य जाँचलाई निरन्तरता […]