१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दाङ प्रहरीले २ सय ७३ ग्राम अबैध सुनसहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(सागर थापा)
दाङ । जिल्ला प्रहरिले कार्यालय दाङले घोराही बजारबाट बिना बिल अबैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरि कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको जनाएको छ ।
जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरि कार्यालय दाङबाट खटिएको टाेलिले उनिहरुको साथबाट सुन बरामद गरि घोराही बजारबाट पक्राउ गरेको जानकारी दिए।
काठमाडौंमा दाङ उबासंघका अध्यक्ष नारायण भुसाल `कोरोना डिफेन्स अवार्ड-२०२०´बाट सम्मानीत
औषधि ब्यबस्थापन ’bout छलफल
सुनसहित पक्राउ पर्नेमा घोराही १० नारायणपुरका पुर्ण जङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको चन्दले बताए । प्रहरिले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । एसपि चन्दले घोराही बजारमा सुन लिएर हिडिरहेको प्रहरिले सुचना पाएपछि प्रहरिले पक्राउ गरेको र पक्राउ परेका सुन ब्यबसायी भएको खुलेको बताए । काठमाडौंबाट दाङमा ल्याइ बिक्रि बितरण गर्ने गरि चोरिका किनेर वा भन्सार छलेर सुन ल्याएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
साथै दाङ प्रहरिले पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ । यसअगाडि पनि प्रहरिले १ किलो सुनसहित बिभिन्न ब्यक्तिलाइ पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय पठाएको दाङ एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]