०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

तस्करी गर्ने मिनी बस र सालको काठ पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

(महेन्द्र सिंह)
बाँके । काठ तस्करी गर्ने गिरोहले तस्करी गरेको काठलाई वन कार्यालयले बरामद गरेको छ। मिनी बसमा ५६ क्युफिट सालको काठ तस्करी गर्दै गरेको अवस्थामा बरामद गरिएको हो।
डिभिजन वन कार्यालय रौतहटले सोमबार बिहान चन्द्रपुर १ नुनथर क्षेत्रबाट वन गस्ती टोलिले बा १ ख ६४४२ नम्बरको मिनी बसमा राखेर छिमेकी जिल्ला सर्लाही लैजाने क्रममा करिब ५६ क्युफिट सालको काठ बरामद भएको वन अधिकृत बिनोद सिंहले जानकारी दिएका छन् ।
पौराइ सब डिभिजन अन्तर्गतको वन क्षेत्रबाट चिरान गरि मिनी बसमा राखेर तस्करी गर्ने योजना तस्करहरुको रहेको भएपनि सहायक वन अधिकृत राम प्रसाद साह, सुरेश प्रसाद महतो र अधिकृत मधुकान्त सिह समेतको गस्ती टोलिले तस्करको योजना बिफल बनाएको अधिकृत सिंहले जानकारी दिएका छन् । काठ र मिनी बसलाई नियन्त्रणमा लिएता पनि तस्करहरु भने फरार भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!