०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

डडेल्धुरामा काम गर्न नदिएको भन्दै वडाध्यक्षले दिए राजीनामा

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(ABC Sanchar)
धनगढी । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्।
आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन।
बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएका वडाध्यक्ष पुर्णबहादुर ऐरले सहकर्मीहरुले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताए।
‘निर्वार्चित भएपछि मलाई असहयोग हुँदै आएको छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट निर्वाचित भएका साथीहरुले मेरा राम्रा कामलाई वेवस्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन विवस भए’ उनले भने
आफुलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!