३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

अनियमितताको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई SP कार्वाही

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

ABC (क्राईमबिट) काठमाडौं । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका छन् । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ ।
एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार मासिक रूपमा उनीहरूलाई पैसा बुझाउने प्रहरीहरूले नै त्यसको पुष्टि गरिदिएका छन् ।
दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानुन शाखामा छानबिन प्रतिवेदन बुझाएको छ । ‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘प्रहरीलाई धम्क्याएरसमेत पैसा बुझाउन लगाउने गरेको देखियो ।’ सडकका ट्राफिक पोस्टहरूमा समेत मासिक पैसा बुझाउने सर्तमा उनीहरूले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ ।
कारबाहीको सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’ भएका प्रहरी अधिकारी हुन् । एसपी यादवमाथि पटकपटक विभागीय कारबाही भएको छ । दुई वर्षअघि सिन्धुलीमा प्रहरी प्रमुख हुँदा पनि उनी घुसकाण्डमा परेका थिए । बिपी राजमार्गमा मापदण्डविपरीतका सवारीसाधन सञ्चालन गर्न दिने र त्यसबाट दैनिक पैसा असुल्ने गरेको प्रहरी मुख्यालयको छानबिनमा खुलेको थियो ।
राजमार्गमा पैसा उठाउन झोला नै दिएर प्रहरी खटाउने गरेको पुष्टि भए पनि त्यतिवेला उनलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइएको थियो । इन्स्पेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएकोमा निलम्बनमा परेकामा सामान्य कारबाही गरेर जागिरमा फर्काइएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा हुँदा पनि घुस लिएको उजुरीमा छानबिन भए पनि प्रमाण नपुगेपछि कारबाहीबाट जोगिएका थिए ।
त्यस्तै, एसपी बस्नेत पनि विगतमा पटकपटक छानबिनमा परेका थिए । यसअघि गोरखामा हुँदा केही महिनामा नै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत उनको हरेक पोष्टिङमा विवादमा पर्ने गरेका छन् ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कर्णाली प्रदेश ट्राफिक कार्यालयमा भएको अनियमितताबारे छानबिन भइरेहकाले विस्तृत विवरण आफूसँग नभएको बताए ।नयाँपत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!