२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अनियमितताको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई SP कार्वाही

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

ABC (क्राईमबिट) काठमाडौं । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका छन् । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ ।
एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार मासिक रूपमा उनीहरूलाई पैसा बुझाउने प्रहरीहरूले नै त्यसको पुष्टि गरिदिएका छन् ।
दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानुन शाखामा छानबिन प्रतिवेदन बुझाएको छ । ‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘प्रहरीलाई धम्क्याएरसमेत पैसा बुझाउन लगाउने गरेको देखियो ।’ सडकका ट्राफिक पोस्टहरूमा समेत मासिक पैसा बुझाउने सर्तमा उनीहरूले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ ।
कारबाहीको सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’ भएका प्रहरी अधिकारी हुन् । एसपी यादवमाथि पटकपटक विभागीय कारबाही भएको छ । दुई वर्षअघि सिन्धुलीमा प्रहरी प्रमुख हुँदा पनि उनी घुसकाण्डमा परेका थिए । बिपी राजमार्गमा मापदण्डविपरीतका सवारीसाधन सञ्चालन गर्न दिने र त्यसबाट दैनिक पैसा असुल्ने गरेको प्रहरी मुख्यालयको छानबिनमा खुलेको थियो ।
राजमार्गमा पैसा उठाउन झोला नै दिएर प्रहरी खटाउने गरेको पुष्टि भए पनि त्यतिवेला उनलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइएको थियो । इन्स्पेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएकोमा निलम्बनमा परेकामा सामान्य कारबाही गरेर जागिरमा फर्काइएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा हुँदा पनि घुस लिएको उजुरीमा छानबिन भए पनि प्रमाण नपुगेपछि कारबाहीबाट जोगिएका थिए ।
त्यस्तै, एसपी बस्नेत पनि विगतमा पटकपटक छानबिनमा परेका थिए । यसअघि गोरखामा हुँदा केही महिनामा नै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत उनको हरेक पोष्टिङमा विवादमा पर्ने गरेका छन् ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कर्णाली प्रदेश ट्राफिक कार्यालयमा भएको अनियमितताबारे छानबिन भइरेहकाले विस्तृत विवरण आफूसँग नभएको बताए ।नयाँपत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!