२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

फेसबुकमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कार्वाही गर्ने

Logo
प्रकाशित बुधबार, मंसिर १७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
पछिल्लो समयमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अशोभनिय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बीर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानुन विपरीत हुने कार्यहरु गरेको बारेमा प्राप्त सूचना, उजुरीहरु उपर प्रचलित कानुन बमोजिम कारवाही भएको र कतिपय अनुसन्धानको क्रममा रहेको ब्यूरोले जनाएको छ ।
अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनौट नगरी पुन: तिनै भिडियो एवं सामग्रीहरुलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता संरक्षण लगायतका कानुनी प्रावधानका विपरीत हुने भएको हुँदा सो बारे सचेत हुन अनुरोध गरेको हो ।
त्यस्ता कार्यहरु भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टेलिफोन नम्बर ०१-४२१९०४४, ४२१९०४८ र मोबाइल नम्बर ९८५१२८६७७० वा ईमेल ठेगाना cyberbureau@nepalpol­ice.gov.np मा सूचना दिन उक्त ब्यूरोले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]