१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँके प्रहरीले गौबद्ध मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबद्ध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकोछ । जिल्ला अदालत बाँकेले २०७७ बैशाख ४ गते गरेको फैसलाले गौबद्ध मुद्दामा सजाय फैसला भई फरार रहेका प्रतिवादी चार जनालाई पक्राउ गरेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने बर्षाती खाँ, सरिफ खाँ, सलमान खाँ र अनिस खाँलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अनिस खाँको ३ महिना कैद र सलमान खाँ, सरिफ खाँ र वर्षाती खाँको जनहि २ महिना ४ दिन कैद फैसला भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

error: Content is protected !!