०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बाँके प्रहरीको ठुलो सफलता ३० किलो गाँजासहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(महेन्द्र  सिंह )
बाँके। नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमको कमान्डसहित गएको ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम लाल अर्यालको संंयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा वडा नम्बर ४ जयरापुर्वाकै धनीराम यादब रहेका छन् । बिशेष सुचनाका आधारमा प्रहरीको टोलीले यादबलाई बुधबार साँझ ६ बजे गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पक्राउ परेका यादबसँग थप अनुसन्धान भइरहेको बाँके प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!