२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

झण्डै ९ महिनापछि सञ्चालन आए दाङका विद्यालय र क्याम्पस

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । कोरोनाको कारणले ९ महिनासम्म ठप्प बनेका शैक्षिक संस्थाहरु संचालनमा आउन थालेका छन् । सरकारले जारी गरेको पछिल्लो ‘विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाँचा–२०७७’ अनूरुप दाङका विद्यालय र क्याम्पसहरुमा पठनपाठन शुरु गरिएको छ । घोराही उपमहानगरपालिकाले निश्चित मापदण्डभित्र रहेको विद्यालयहरु खोल्न अनुमति दिएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअपनाएर विद्यार्थीहरुको भौतिकउपस्थितीमाविद्यालायहरुमापठनपाठन सञ्चालनमा भइरहेको उपमहानगरको युवा, खेलकुद तथा शिक्षामहा शाखाका प्रमुख विनोदकुमार गौतमले जानकारी दिनुभयो ।
दैनिक ६ घन्टा पठनपाठन हुने गरी विद्यालय सञ्चानल गर्ने अनुमतीदिएको बताउनुहुन्छ । ‘कक्षा कोठामा सामाजिक दुरी कायमगर्दै स्वास्थ्य सुरक्षा सम्बन्धीका सबै मापदण्डहरु अपनाएर पठन पाठन शुरु गर्न भनेका छौं’ उहाँले भन्नुभयो । दाङमा सबैजसो विद्यालयहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाउदै विद्यायल सञ्चालन भइरहेका छन् ।
यता, त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्सहरुमा पनि पठनपाठन शुरु भएको छ । विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका स्नातक तहका कक्षाहरु शुरु भएको छ । कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयपुनः सञ्चालनगर्न दिने नदिने भन्ने अधिकार स्थानीय तहलाई छ ।
स्थानीय तहकै अनुमती शैक्षिक संस्थाहरुमा पठनपाठन शुरु भएको छ । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि ठप्प बनेका शैक्षिक संस्थाहरु झण्डै ९ महिनापछि सञ्चालन आएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!