१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

DIG कार्कीले नवनिर्मित दुई वटा प्रहरी भवनको उद्घाटन

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

ABC (क्राईमबिट)
ओखलढुङगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गरेका हुन्।
२ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुबिधा सम्पन्न कार्यालय भवन ,भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक कार्कीले गाँस बासको उचित ब्यबस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए।
उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहाना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।