१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङमा राजसंस्था पुन स्थापनाको माग राख्दै मोटरसाइकल र्याली

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ । घोराहीमा नेपाल देशभक्त नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले आज घोराहीमा मोटरसाइकल र्याली गरेका छन् । राजसंस्था पुनस्र्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्याली सहित प्रदर्शन गरेका हुन् ।
सवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर, नितिगत भ्रष्ट्राचार अन्त्ये गर भन्दै देशमा भएका हत्या हिसां, बलात्कार जस्ता घट्नाका बारेमा समेत उनिहरुले आवाज उठाएका छन् । प्रदर्शनको क्रममा निकालिएको मोटरसाईकल र्यालीले बजारका विभिन्न स्थानको परिक्रमा गरी तुलसीपुर चोकमा पुगि कोषसभामा परिणत भएको थियो ।
त्यसअवसरमा राप्रपाका केन्द्रिय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ति, राप्रपाका केन्द्रिय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, उपाध्यक्ष वंशिकुमार शर्मा, भुपाल रावत लगाएतकाले देशका लागि राजसंस्थाको पुनस्र्थापना अपरिहार्य भएको बताएका थिए । कार्यक्रमको सहजिकरण स्वतन्त्र नागरिक समाजका सदस्य सचिव उमाकान्त भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]